0
Shares
काठमाडौं / नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखको राजीनामा मागेको हो ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको कांग्रेसको ठहर छ ।