0
Shares
काठमाडौँ / नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख पदबाट राजीनामा दिन इन्दिरा रानामगरलाई सुझाव दिएकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मीक समयमा बोल्दै गौतमले पदीय जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग भएको भन्दै उपसभामुख पदबाट राजीनामा दिन सुझाव दिएकी हुन् ।
स्वयम् उपसभामुखले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकारेको उनले बताए ।
पदीय इमान नभए लोकतन्त्रमा संख्याले आफ्नो काम गर्ने भन्दै उहाले इमानको मानक राख्न समेत सुझाव दिए ।