कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा इकु पक्राउ

0 Shares

काठमाडौं / कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा एक कलाकार पक्राउ परेका छन् ।विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रुपमा विदेश पठाउने भन्दै रकम ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ भनिने सूर्यमान शंकर पक्राउ परेका हुन।

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार कलाकार इकुले आफूले संचालन गरिरहेको एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आईएमई बैंक. लि. मा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

सम्बन्धित समाचार

सबै