समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन सक्दैँन : प्रधानमन्त्री

0 Shares

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका छन् ।

संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृति सभालाई बुधबार एमाले मुख्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरु समाजमा हावी हुन सक्नेभएपनि समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन नसक्ने बताएका हुन् ।

अवान्छित क्रियाकलापबाट समाजमा हावी भएकाहरुलाई समाजले नै हटाइदिने उनको भनाइ छ । एमाले अध्यक्ष समेत रहेका ओलीले संविधान निर्माण र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

नेम्वाङ आफैले वैचारिक नेतृत्व गरको स्मरण गर्दै उनले इतिहासले सम्झिरहने पात्र रहेको जिकिर गरे । ओलीले सुभाषचन्द्र नेम्वाङलाई सदैव स्मरण गर्नका लागि केन्द्रीय प्रतिष्ठान बनाउने घोषणा समेत गरे । पार्टीले बनाएका प्रतिष्ठानलाई सक्रिय बनाउनुपर्ने भन्दै ओलीले प्रतिष्ठानलाई कव्जा गर्ने काम सहि नभएको जिकिर पनि गरे ।

उनले पुष्पलाल प्रतिष्ठानलाई माधव नेपालले बोकेर हिडेको समेत आरोप लगाए । स्मृति सभामा पार्टी नेता तथा कार्यकताहरुले नेम्वाङको तस्वीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सबै