0
Shares
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् ।संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।