0
Shares
काठमाडौँ / यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख र प्रशंसापत्र रहेको छ ।
राष्ट्रकविको जन्मजयन्तीका अवसरमा आगामी असोज ७ गते राष्ट्रपति निवास शीतलनिवासमा आयोजना गरिने विशेष समिारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सो पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो ।
राष्ट्रकविको परिवारबाट मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए।