मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

0 Shares

काठमाडौं / मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ ।शुक्रबारका लागि निर्धारित स्ववियु निर्वाचन अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको हो ।
विद्यार्थीहरुले आफुले मतदान गर्न पाउनुपर्ने माग राख्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरुको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर रिट दायर गरेका थिए ।

न्यायाधीश मदन पोखरेलको एकल इजलासले यो विषयमा अन्तरिम आदेश छलफलका लागि असोज ६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सम्बन्धित समाचार

सबै