0
Shares
काठमाडौं / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ ।३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ ।
यसअघि भदौ १८ गते नेप्से ६.९४ अंकले बढेको थियो । त्यसपछिका ७ कारोबार दिनपछि बिहीबार बजार उच्च अंकले उकालो लागेको हो । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।
बिहीबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार कारोबार रकममा पनि केही सुधार देखिएको छ । कुल ३१८ कम्पनीको १ करोड ९४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।बिहीबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।