0
Shares
काठमाडौँ / नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सदनको गतिरोधका बिषयमा छलफल भएको र सभामुखको रुलिङलाई सवैले मान्नुपर्ने बताएका छन् ।
सदन खुलाउने विषयमा सचेतक र सभामुखबीच भएको बैठकबाट निस्कँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनको नियमावली अनुसार सवै दलहरु अघि बढ्नुपर्नेमा आफुहरुको सुझाव रहेको बताएका हुन् ।
उनले सदनलाई सहज रुपमा अघि बढाउने र आफ्नो कुराहरु राख्ने गरि अघि बढ्न आग्रह गरिएको जानकारी दिए । त्यस्तै बर्तौलाले उपसभामुखको बिषयमा सत्तापक्ष दलले भन्दा प्रतिपक्षी दलले नै उचालेको तर्क गरे । यसमा रास्वपाले नै उपसभामुख जस्तो संस्थाको हुर्मत लिने काम गरेको र सरकारलाई नै विवादमा ल्याउने प्रयास गरेको उनको भनाइ छ ।