मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

0 Shares

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् ।

मन्त्रालयका सबै कर्मचारी सहितको बैठकमा कार्य सम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालय भन्दा उत्कृष्ट बनाउने गरी काम गर्नु पर्नेमा जोड दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए। मन्त्री भण्डारीले भने, “इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।” सबैले साझा प्रतिबद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नु पर्नेमा उनले जोड दिए।

वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गरे।
मन्त्रालयका सचिवद्वय राउत र कार्कीले उक्त कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए।

सम्बन्धित समाचार

सबै