0
Shares
काठमाडौं / ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका-८ सौगलमा कोठा लिएका थिए।सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिए ।पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।