0
Shares
काठमाडौं / शेयर बजार केही दिन यता धर्मराएको छ । सोमबार सेयर बजार परिसूचक (नेप्से ) मा ५७ अंकको गिरावट आएको छ। २६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको छ ।
३१२ कम्पनी समोल भएको आज ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । त्यस्तै गुडविल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीको मूल्य भने सबैभन्दा धेरै घटेको छ ।