काठमाडौं / लमजुङको सुन्दरबजारमा आयोजना गरिएको विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालय तहका विद्यार्थीलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पु¥याउने उद्देश्यले उक्त विज्ञान प्रदर्शनी आयोजना गरिएको हो ।
सुन्दरबजार नगरपालिका–२ हाडेटारमा रहेको महादेवी प्राथमिक विद्यालयले आयोजना गरेको आधारभूत तह १–५ पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा आयोजक महादेवी प्राथमिक विद्यालय पहिलो भएको छ । सुन्दरबजार–५ खहरेको विद्याज्योति माध्यमिक विद्यालय दोस्रो, सुन्दरबजार–४ सत्रसयस्थित शान्ति सिर्जना प्राथमिक विद्यालय तेस्रो र सुन्दरबजार–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रधानाध्यापक राजीव अधिकारीले जानकारी दिए।
विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी चारवटा पियस सि सुन्दरबजार अन्तर्गतका विद्यालयले सहभागिता जनाएका थिए । सो अवसरमा आधारभूत तहकाका विद्यार्थीले बनाएका विज्ञानसँग सम्बन्धित सामग्री प्रदर्शनी गरिएको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार यो जिल्लाकै पहिलो आधारभूत तहस्तरीय विज्ञान प्रदर्शनी हो ।