काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका हुन ।काठमाडौंको प्रज्ञा भवन, कमलादीमा दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५०० प्रतिनिधि सहभागी छन् ।त्यसअघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिएको छ ।
भेलाको पहिलो दिन बुधबार विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ नेताहरूले जनाएका छन् ।यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ । राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।