कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा

0 Shares

काठमाडौं – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सनले बेहोस पारी नियन्त्रणमा लिएको हो ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका २ की हिरा शाहको हिजो बाघको आक्रमणबाट मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

आज बाघलाई नियन्त्रण लिएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याउँदै गरेको र त्यसपछि उक्त बाघलाई कहाँ लैजाने भन्ने विषय टुङ्गो लाग्ने प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

 

 

सम्बन्धित समाचार

सबै