0
Shares
काठमाडौं / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले मुलुक दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्किन प्रेरित गरोस् भनी शुभकामना दिएका छन् ।
उनले संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै जनताको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप नेपालमा संविधान जारी भएकाले संविधानले दिएका अधिकारको उच्चतम उपभोग गर्दै समुन्नत नेपाल निर्माणमा लाग्न आग्रह गरे।
‘नेपाली जनताले पटक–पटक गर्दै आएको सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप आज हामी संविधान दिवस मनाइरहेका छौँ’ उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।