0
Shares
काठमाडौँ / राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो । शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय भने निस्शुल्क चढ्ने व्यवस्था मिलाइएको छ ।
आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।
संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सरकारले खुला गरेसँगै बिहीबार बिहानैदेखि चढ्नका लागि सर्वसाधारण लामबद्ध देखिन्थे । अर्को व्यवस्था नभएसम्म धरहरा निःशुल्क चढ्न पाइने मन्त्रालयले जनाएको छ ।