कक्षा १२ को नतिजा एक लाख ८७ हजार विद्यार्थी फेल

0 Shares

काठमाडौँ  – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो ।

परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।

 

सम्बन्धित समाचार

सबै