0
Shares
काठमाडौं / जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसिरहेको छ ।
गत साउन २७ गते देखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णतास् पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
शुक्रबारसम्म चल्ने बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभाग गठन, केन्द्रीय सचिवालय गठन, केन्दीय कार्यालय समिति गठन र प्रदेशस्तरीय अभियान परिचालनबारे निर्णय लिनेछ ।त्यस्तै, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समिक्षा र यसको प्रभावकारिता, पेसागत एवं भ्रातृ संगठनको परिचालन, अनुगमन, निरीक्षण र समन्वयलगायत बैठकका मुख्य एजेण्डा छन् ।