क्षयरोगबाट राउटे समुदायका एक युवाको मृत्यु

0 Shares

काठमाडौं  / लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । शाहीको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाही विगत ६ महिना देखी बिरामी रहेको बताए ।

६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए ।

उपचार हुननसक्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु वडाध्यक्ष रावलले बताए ।

 

सम्बन्धित समाचार

सबै