0
Shares
काठमाडौं / साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदैछ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् ।आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् । उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
यसैगरी, नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । साफ यू–१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो ।नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताएका छन् ।
नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे ।