स्वास्थ्यमन्त्री थापाद्वारा कृत्रिम खुट्टा र ह्विलचेयर वितरण

0 Shares
काठमाडौं / संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन्।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गरेका हुन् ।
उनले नौ वटा कृत्रिम खुट्टा र छ जनालाई ह्विलचेयर वितरण गरेका हुन। कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाका लागि संविधान दिवसको अवसर परेर यस्ता सामग्री वितरण गरिएको बताए ।
मारवाडी सेवा समिति र धर्मशालालगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक रु ४० मा खाना खुवाउने तयारी भइरहेको उनले बताए। अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा रु चार लाख बराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै