बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

0 Shares

काठमाडौँ / भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो ।

जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने, “दश जोड दुईमा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवाले दुव्र्यसनमा लागेर जीवन बर्बाद गरिरहेका छन् ।” जिल्लामा रहेका १० हजार प्रयोगकर्तामध्ये एक हजार पाँच सय महिला रहेको उनको अनुमान छ ।

पछिल्लोपटक लागुपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकाले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले बताए। विगतमा धुँवाका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उनले जानकारी दिए ।

लागुऔषध कारोबार बढ्दै जाँदा यहाँका युवापुस्ता दुव्र्यसनको उच्च जोखिममा छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पनि लागुऔषध कारोबार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लागुऔषध नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भइरहेको बताए । उनले सबै मिलेर समस्या समाधानमा लाग्नु पर्नेमा जोड दिए।

जिल्लामा आव २०७८र७९ मा एक सय ३४ लागुऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएकामा दुई सय १२ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित समाचार

सबै