0
Shares
काठमाडौं – चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका हुन् ।
घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।