जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

0 Shares

काठमाडौँ /  यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर रहेका छन् ।हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्न सक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ ।

चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कूल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए । यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द भण्डारीले बताए । तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेका छन् ।

सम्बन्धित समाचार

सबै