अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

0 Shares

काठमाडौँ /  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले असोज १० गतदेखि काठमाडौंमा सुरु हुने २३ औं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल (क्रान्तिकारी)ले असोज १० देखि १४ गतेसम्म काठमाडौंको किर्तिपुरमा हुने राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

सम्मेलनका लागि भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका लागि हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि राष्ट्रिय सम्मेलन भन्ने नारा तय गरिएको संगठनले जनाएको छ । सम्मेलनमा विधान प्रतिवेदन प्रस्तुत हुने र नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिए। उनले राष्ट्रिय सम्मेलनका लागि ७५ जिल्लाका सम्मेलन सकिएको र सम्मेलनमार्फत प्रतिनिधि, पर्यवेक्षकको नामावली करिव टुङ्ग्याइएको बताए । सिंहले राष्ट्रिय सम्मेलनबाट लोकतान्त्रीक ढंगले नयाँ नेतृत्व चयन गर्ने उल्लेख गरे ।

उनले हरेक व्यक्ति निर्वाचित नभइ केन्द्रीय समितिमा उम्मेदवार हुन नपाइने व्यवस्थालाई लागू गरिएको जिकिर गरे । यसअघि असोज २ देखि ५ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो । तर आन्तरिक विवादका कारण अखिल क्रान्तिकारीले सम्मेलन स्थगित गरेको थियो ।

सम्बन्धित समाचार

सबै