एक वर्षमा छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी एरिका स्वदेश फिर्ता

0 Shares

काठमाडौँ /  सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश आइपुगेकी छन्। चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।

एरिकाको यो पाँचौं अन्तर्राष्ट्रिय सहभागिता हो भने छैटौं पदक हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।
एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकि थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकि थिइन् ।

सम्बन्धित समाचार

सबै