पुरस्कारबाट प्राप्त रकम वरिष्ठ पत्रकार श्रेष्ठले दिए मिर्गौला पीडित पत्रकारलाई

0 Shares

काठमाडौँ / देवेन्द गौतम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका छन् ।
मंगलबार काठमाडौंको वीर अस्पताल पुगेर पत्रकार श्रेष्ठले पुरस्कारबापत प्राप्त एक लाख रुपैया मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले ८२ हजार रुपैया सहयोग गरेका थिए भने करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद पत्रकार दियालीलाई सहयोग गरेका छन् ।

एकजना पत्रकारलाई दुख पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनाका साथ आफुले प्राप्त गरेको पुरस्कारबापतको रकम पत्रकार दियालीलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए
मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुन् । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।

सम्बन्धित समाचार

सबै