0
Shares
काठमाडौं – काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् ।फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो ।
यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो ।महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।