धान तत्काल नकाट्न वडा–वडामा माइकिङ

0 Shares

काठमाडौँ /  जल तथा मौसम विज्ञान विभागले आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेपछि धनगढी उपमहानगरपालिकाले वडामा माइकिङ थालेको छ।नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र धान नकाट्न माइकिङ गरेका हुन्।

धनगढी उपमहानगरका मेयर गोपाल हमालले धानबाली नकाट्न र काटिसकेको भए तत्काल भित्र्याइहाल्न आग्रह गर्दै वडावडामा माइकिङ भइरहेको जानकारी दिए।यसैगरी दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

 

 

 

सम्बन्धित समाचार

सबै