बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

0 Shares

काठमाडौँ / काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरे ।

दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।

 

सम्बन्धित समाचार

सबै