राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन

0 Shares

काठमाडौँ /  राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेलले नारायणी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटनका साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत शुभारम्भ गर्ने कार्यक्रम रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हुदाँ मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो ।सुस्ता गाउँपालिका–५ नारायणी नदीपारिको सुस्ताबस्तीमा तीन सय ५० परिवारको बसोबास छ ।

सम्बन्धित समाचार

सबै