0
Shares
काठमाडौँ – मंगलबार १४५ अंकमाथिले घटेको सेयर बजारमा बुधबार पुनः १०८ अंकको वृद्धि भएको छ । कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भएको छ ।अघिल्लो दिन मंगलबार शेयर बजार घट्दा पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड तोडेको थियो ।आज १३ वटै उपसूचक धनात्मक भएका छन्। अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।