0
Shares
काठमाडौँ / भारतको दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।