ऊर्जामन्त्रीसँग नर्वेका राजदूतको शिष्टाचार भेट

0 Shares

काठमाडौँ /  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको बताए। दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा जलविद्युत् उत्पादनमा नर्वे सरकारको योगदान अमूल्य रहेको भन्दै मन्त्री खड्काले त्यसको सराहना गरे ।

मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको सहयोगको अपेक्षा गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहने बताए। उनले नेपाली विद्यार्थीलाई नर्वेमा जलविद्युत्सम्बन्धी उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा प्रसारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताए।

सम्बन्धित समाचार

सबै