अवहेलना मुद्दाको डटेर सामना गर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेको अडान

0 Shares

काठमाडौँ /  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफुमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्ने बताएका छन् ।

मंगलबार बारमा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर मुद्दा चलाइएको भन्दै बारले डटेर सामना गर्ने बताएका हुन् ।

उनले अदालतलाई होच्चाउने कुनै कुरा नगरेको र न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरिएको धारणा राखे । न्यायलयमा भष्ट्रचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरुले देखाएको अवस्थामा भ्रष्टाचारका बिषयमा आफुले बोलेको कुराहरु स्वभाविक रहेको उनले बताए ।

घिमिरेले आफूलाई मन नपरेका विरुद्ध मुद्दा लगाउने कार्यको विरोध गर्दै जस्तोसुकै परिस्थीति आएपनि गैरसंवैधानिक क्रियाकलापबिरुद्ध बोलिरहने स्पष्ट पारे ।

उनले मर्यादीत तवरले विरोध जारी राख्ने र न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने धारणा राखे ।

 

सम्बन्धित समाचार

सबै