महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख

0 Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टीमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पुरस्कृत गरिएको हो ।

नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जना खेलाडी छन् ।त्यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पुरस्कार वितरण कार्यक्रममा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।खेलाडीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

सम्बन्धित समाचार

सबै