0
Shares
काठमाडौँ / हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।बुधबार (आज) बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।
उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।