0
Shares
काठमाडौँ / सिनामंगलस्थित नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको हो।
प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको हो ।चार अर्ब लगानीमा बनेको उक्त भवन निर्माणमा १ अर्ब बढी भ्रष्टाचार भएको आरोप छ । भवनको ‘सि ब्लक’ निर्माणकै क्रममा एकातर्फ ढल्किएको थियो ।
अख्तियारमा परेको उजुरीमा कमसाल सामाग्री र प्राविधि प्रयोग गरी भवन बनाएर क्यान नेतृत्वले अनियमितता गरेको दावी गरिएको छ ।संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।