0
Shares
काठमाडौँ / नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ ।
देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।
आजबाट घटस्थापना सुरु भएसँगै विद्यालयहरूमा समेत बिदा सुरु भएपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको चहलपहल बढेको हो ।