0
Shares
काठमाडौँ / नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।
यसअघि गत असोज ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।