0
Shares
काठमाडौँ / स्याङ्जाको आँधीखोला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि पौडेलले जानकारी दिए ।
डीएसपी पौडेलका अनुसार जिपमा सवार चालकसहित ८ जना थिए । तीमध्ये ७ जना घाइतेलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा लगिएको थियो ।
जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ