0
Shares
काठमाडौँ – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
यसैबीच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।