११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ

0 Shares

हेटौंडा / मकवानपुर प्रहरीले ठुलो परिणाममा सुनसहित दुई जना भारतीय नागरिक पक्राउमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खडका नेतृत्वको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका, वडा नं १५ रातोमाटे चेकपोस्ट स्थित पूर्व पश्चिम सडक खण्डबाट शनिवार बिहान ३ बजेको समयमा आठ केजी ४३.९७ ग्राम सुनसहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सो परिमाणको सुन सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै