काठमाडौं / काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ भएको छ ।
आइतबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ गरेका हुन् । सो क्रममा मन्त्री पौडेलले हेर्दा सानो जस्तो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे ।
बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण रहेको उनले बताए ।प्रसुति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको उनले जानकारी दिए ।
मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणागरे ।
त्यस्तै मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी वहिरंग सेवाको समेत उद्घाटन गरे। मातृशिशुको स्वास्थ्य सुधारका लागि सेवा बढाउने गरि काम भइरहेको उनले