मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

0 Shares

काठमाडौं – जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे ।

उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।पार्टीले दिएका निर्देशनहरू किन बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागिएको छ । स्रोतका अनुसार सांसदलाई पाँच करोडको योजना दिने जस्ता विवादास्पद अभिव्यक्तिबारे पनि मुख्यमन्त्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ ।

जम्बो मन्त्रिपरिषद्बारे जनमतका अध्यक्ष डा। सीके राउतले मुख्यमन्त्रीको बचाउ गरेका थिए । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले भनेका थिए, ‘यो गठबन्धनको सरकार हो । जनमत एक्लैले केही गर्न सक्दैन् ।’

 

 

 

 

 

सम्बन्धित समाचार

सबै