0
Shares
काठमाडौँ / पछिल्लो समय सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो पाँच दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो ।