0
Shares
काठमाडौं / सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ ।
यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ ।