नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढेको छ : पारस खड्का

0 Shares

काठमाडौँ / नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको बताएका छन् ।

एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सवै तयारी तीव्र रुपले अघि बढिरहेको बताएका हुन् ।

लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासंग आइपुग्दा सवै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

खड्काले फ्रेन्चाइज लिगका लागी चूनौतीको रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राख्नुभयो । खेल र खेलाडीको बिकाससंगसंगै क्रिकेटमा आकर्षण बनाउन लागि पनि लिग महत्वपूर्ण हुने उनले बताए ।

अव हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए ।

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा नै निगरानी हुने जानकारी दिए । लिग अवधि भर एन्टीकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ ।

एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

सम्बन्धित समाचार

सबै