0
Shares
काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन एक लाख ८८ हजार एक सय रुपैयाँ कायम रहेको थियो ।
आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँमा काराबोर भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।